हाम्रो देश
१७ असार २०७९, शुक्रवार

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे कांग्रेसमा छलफल

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसभित्र जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि अघि बढ्नुपर्नेबारे छलफल भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले यसबारेमा कुरा उठाएको स्रोतको दाबी छ ।

आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठनको गृहकार्यमा जुटेका सभापति शेरबहादुर देउवालाई जसपाको साथ नहुने भएपछि नयाँ सरकार गठनमा बाधा पुगेको विश्लेषण गर्दै बरु जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि अघि बढ्नुपर्नेबारे कांग्रेसमा छलफल सुरु भएको छ ।

आज चार बजे बस्ने कांग्रेस पदाधिकारी बैठकमा यो विषयमा छलफल हुन सक्ने एक नेताले जानकारी दिए । आजमात्रै जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले सभापति देउवालाई भेटेर आफ्नो समूहको अडान सुनाएका थिए । देउवासँगको भेटवार्तालगत्तै ठाकुरले आफू पक्षधर सांसदहरुको भेला बोलाएका छन् ।