हाम्रो देश
१३ असार २०७९, सोमवार

प्रधानमन्त्री बन्ने देउवाको सपना चकनाचुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्तावलाई ठाडै अश्वीकार गरेका छन् ।

देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन ठाुकरलाई आग्रह गरेका थिए । तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिएका छन् ।

जसपा स्रोतका अनुसार आज देउवा निवास बूढानीलकण्ठमा भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको छ । ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएको एक नेताले बताए ।

जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको देउवालाई भनेको एक नतोले बताए । यस्तै देउवालाई अध्यक्ष ठाकुरले जसपा फुटाउने प्रयास नगर्न समेत आग्रह गरेका छन् ।

यता पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षका बहुमत जुटिसकेकाले अब माधव नेपाल पक्षले राजीनामा गरेमा परिस्थति निर्माण हुने उपेन्द्र यादव पक्षको भनाई छ ।