नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरि फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् ।
बैठक ५ बजेका लागि बोलाइएको हो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिनै लाग्दा त्यसबारे थप निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।
नेपाली कांग्रेसको पनि अहिले पदाधिकारी बैठक बसिरहेको छ ।