हाम्रो देश
१२ असार २०७९, आइतवार

नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए

काठमाडौं :    डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा पुनः चतुर सावित भएको बताएका छन्। नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखिको पार्टी विवादमा समाधान निकालेपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन्।

सँगै बाबुरामले वैकल्पिक सरकार दिन प्रतिपक्षी दल चुक्नु विडम्बना भएकोसमेत बताएका छन्। उनले ओली सिद्धान्तहीन, खुराफात र किनबेचमा पतन भएर नेपाली राजनीतिमा पुनः चतुर सावित भएको बताएका हुन्।

उनले अदालत, संसद, मिडिया र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प अझै खोज्नुपर्नेमा जोड दिँदै आत्मसमीक्षा गर्न अनुरोध गरेका छन्।

‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्।’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !’