हाम्रो देश
१३ माघ २०७७, मङ्गलवार

भारतको भर नपरी चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी…

काठमाडौं : जनस्तरमा चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरि माग अनुसार आपूर्ति गर्नुपर्ने माग भइरहेको बेलामा समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सजिलै पेट्रोलियम पदार्थ आयात गर्ने काम हुन सकेको छैन ! केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना पनि अगाडि बढ्न सकेको छैन । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइपलाइन विछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा पनि सन्तुलन आउन सक्ने जानकार हरु बताउछन । प्रधानमन्त्री ओलीको
पहिलो कार्यकालमा भएको चीन भ्रमणको क्रममा समेत पेट्रोलियम आपूर्ति कसरि गर्ने भन्ने बारे छलफल र सहमति भएको
जनाइएको थियो ।

चार वर्षअघि २०७२ सालको भूकम्पसँगैको भारतीय नाकाबन्दीपछि पाइप लाइनमार्फत चीनबाट पेट्रोलियम पदार्थ ल्याउनका लागि अध्ययनसमेत गरिएको थियो । भूकम्पसँगै भारतको नाकाबन्दीका बेला भारतको विकल्पमा करिब ३३ प्रतिशत इन्धन अन्य मुलुकबाट ल्याउन सक्ने निर्णयसमेत सरकारले गरे पनि यो काम बिचमै रोकिएको थियो । चीनको केरुङदेखि रसुवागढी, नुवाकोट हुँदै काठमाडौँमा पाइपलाइन विस्तारको योजना रहेको निगमले बताएको छ ।

यो पनि समाचार
सन्दीप लामिछानेले १३औं दक्षिण एसियाली खेलकुद साग खेल्न नपाउने भएका छन् । डिसेम्बर एक तारिखबाट नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुदमा लामिछानेले आँखाको शल्यक्रिया गरेकै कारण नखेल्ने भएको बताइएको छ । अब उनले झण्डै चार साता मज्जाले आराम गर्नु पर्नेछ ।

आबुधाबीमा आयोजना भएको टी-१० लिगबाट फर्किएपछिको दुइ दिनपछि उनले डाक्टरहरुको सल्लाह मान्दै शल्यक्रिया गरेका थिय ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू-१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा सहभागिता गराउने निर्णय भएको जनाइएको छ ।

उनको बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि सहभागिता रहेको थिएन ।

प्रतिकृया दिनुहोस्