हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

सेती अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका १ जना र लम्कीचुहा नगरपालिकाका १ जनाको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय पुरुष, उपमहानगरपालिकाकै वडा नम्बर ४ का ५१ वर्षीय र ५६ वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ७३ वर्षीय पुरुष र लम्कीचुहाका–७ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका–११ का ३८ वर्षीय पुरुष र दार्चुलाको मार्मा गाउँपालिका–५ का ४० वर्षीय पुरुषका को मृत्यु भएको उनले बताए।