हाम्रो देश
९ असार २०७८, बुधवार

नेपालमा कोरोना : थप ८५ सय बढीमा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ४ सय ७८ परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको छ । जसमध्ये २० हजार ९ सय ४८ जनाको पीसीआर र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको कोरोना संक्रमणको कारण ज्यान भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ४ सय ५८ जना काठमाडौंमा, ३ सय ३५ जना भक्तपुर र ५ सय ५६ जना ललितपुरका रहेका छन् ।

यसअघि बिहीवार नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको थियो । भने २१४ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।