हाम्रो देश
११ असार २०७९, शनिवार

आउँदो साउन १ गते देखि कर्मचारी को तलब यति धेरै हुने प्रधानमन्त्री ओली को घोषणा : हेर्नुहोस् कति पुग्ने !

काठमाडौं  ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ । शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि पनि उहाँको दाबी रहेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उहाँको भनाई छ । त्यसैगरी देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

तपाई काठमाडौं उपत्यका छोड्न चाहनुहुन्छ भने सरकारले दियो यस्तो मौका
निषेधाज्ञाका बीच काठमाडौ छोड्न चाहने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय उपलब्ध गराएको छ । लामो समय सम्म निषेधाज्ञा हुँदा काठमाडौमा अलपत्र परेकाहरुलाई गन्तब्यमा जान दिनका लागि शुक्रवार राति सम्मका लागि समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौको बसपार्क लगायतका क्षेत्रमा गन्तब्यमा जान नपाएर अलपत्र परेकाहरुलाई मध्यनगर राखेर यस्तो सुविधा दिइएको हो ।

जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बसपार्क लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि उपत्यका छाड्न आज रातभर अनुमति दिएको उनले बताए ।

अलपत्र परेकाहरुलाई उद्दार स्वरुप सुविधा दिइएको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए । तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ ३ सम्म लागू गरिएको छ ।