हाम्रो देश
१३ असार २०७९, सोमवार

अब को राष्ट्रपतिमा माधव कुमार नेपाललाई व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निष्कर्ष

राजनीतिक घटनाक्रममा ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृष्यहरु पनि फेरिन थालेका छन् ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’मा भएको सहमतिले नयाँ–नयाँ सम्भावनालाई उजागर गरेको छ ।

एमाले भित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे सबैभन्दा धेरै चर्चा बालुवाटारभित्र भइरहेको छ ।पार्टीभित्रको सहमतिले राजनीतिक रूपमा सक्रिय रहेका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ सुरू गरेका छन् ।

स्रोतका अनुसार ‘अन्यथा’ नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अर्को एक कार्यकाल अध्यक्ष बन्नेछन् । त्यतिञ्जेलसम्म नेता नेपालको व्यवस्थापन नगर्ने हो भने फेरि उही समस्या बल्झिने बालुवाटारको विश्लेषण रहेको छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा देखिएको उतारचढाव, उपाध्यक्ष बामदेव गौतमको अस्थिर प्रवृत्तिका कारण डेढ वर्षपछि राष्ट्रपतिमा माधवकुमार नेपालको व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निष्कर्ष निकालिएको छ ।

आगामी डेढ वर्ष पार्टीमा सक्रिय भए पनि त्यसपछिका लागि अहिले नै नेतृत्वले सोच विचारपूर्वक कदम चाल्नुपर्ने सुझाइएको छ ।

–   जनआस्था  बाट