हाम्रो देश
१३ असार २०७९, सोमवार

यी हुन् सुदुरपश्चिममा मुख्यमन्त्रीका सम्भावित दाबेदार

कैलाली   –    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद साम्य भएसंगै सुदुरपश्चिममा एमालेको सरकार बन्ने सम्भावना देखिएको छ।ओली र नेपाल पक्षबीचको विवाद समाधान भएपछि सुदुरपश्चिममा मुख्यमन्त्रीमा चार जना देखिएपनि मुख्यतयाः ३ जनाको नाम बढी चर्चामा छ।

मुख्यमन्त्रीमा एमाले सुदुरपश्चिम मुख्य सचेतक तारा लामा तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह र पुर्व भौतिक पुर्वाधार विकास मन्त्री पठानसिह बोहराको नाम चर्चामा छ। मुख्यमन्त्रीका लागि चर्चामा आएका मध्ये तारा लामा तामाङ नेता भिम रावलका नजिक मानिन्छन् भने पठानसिंह बोहरा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा नजिक हुन्।

मुख्यमन्त्रीका बन्न संसदीय दलको नेताको आवश्यक पर्छ। एमाले सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह छन्। यदी तारा लामा तामाङ र पठानसिंह बोहरा मुख्यमन्त्रीको दावेदार भएमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने देखिन्छ।

त्यसपछि मात्रै दुई जनामा एउटा मुख्यमन्त्री बन्ने छन्। तारा लामा तामाङ जनजाती पृष्ठभुमि र प्रदेशमै सिनियर नेतामध्ये पर्ने भएकाले तामाङको सम्भावना बढी छ। उनी यसअघि कंचनपुरको एमालेको निर्वाचित जिल्ला अध्यक्ष समेत हुन्।

एमाले भित्रको विवादका बेला पनि तामाङले मध्यमार्गी भुमिकामा थिए। उनले एमालेको एकतामा जोड दिंदै आएका थिए। त्यसैकारण उनलाई एमाले उपाध्यक्ष भिम रावलले प्रदेशसभामा मन्त्रीका रुपमा समेत सिफारीस गरेनन। यद्यपी तामाङ पनि रावल निकट सांसद नै हुन।

शाह करिव ३ वर्ष मन्त्री भइसकेकाले उनको सम्भावना भने कम देखिन्छ। ओली पक्षबाट मुख्यमन्त्री बने पठानसिंह बोहराको सम्भावना बढी देखिन्छ। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले कुनै काम समेत गर्न नसकेको भन्दै उनको सरकार आलोचित छ।

उनले दुई जना मन्त्री खाली भएको लामो समय भइसक्दा समेत आफ्नै पार्टीबाट मन्त्री समेत नियुक्त गर्न सकेका छैन। कोरोना भाइरसको महामारी सुदुरपश्चिममा बढिरहेको बेला नियन्त्रणका लागी सरकारले कुनै प्रयास नगरेको भन्दै उनको जनस्तरमा आलोचना समेत भइरहेको छ।

अहिले सुदुरपश्चिममा नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। सुदुरपश्चिम प्रदेश सभामा नेपाल पक्षको बहुमत छ भने ५२ सदस्य रहेको प्रदेशसभामा एमाले एक्लैसंग २५ जना सांसद छन्।१२ जना सांसद रहेको माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन् भने सरकारमा नेपाल पक्षका प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुबेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन्।

माओवादी केन्द्रका १३ जना सांसद रहेकोमा आर्थिक मामिला मन्त्रीबाट राजीनामा दिएर सांसद झपट रावल एमाले प्रवेश गरेसंगै उनलाई माओवादी केन्द्रले सांसद पदबाट हटाइसकेको थियो।

संसदमा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का २ जना सांसद छन्। जसपाका २ सांसद पनि महन्थ ठाकुर पक्षका हुन्। एमालेलाई जसपाका दुई जना सांसदले समर्थन गर्ने वित्तिकै एमालेको सरकार बन्ने सम्भावना छ।

जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन।उनीहरु केन्द्रमा एमालेसंगै भएकाले पनि सरकार बनाउन एमालेको सम्भावना देखिएको हो। एमालेभित्र यसअघि नै सरकार बनाउने तयारी भएपनि एमाले नेता भिम रावलको असहयोगका कारण सरकार बन्न सकेको थिएन।

प्रदेशसभामा झण्डै एकल बहमुत भएको एमालेले मुख्यमन्त्री नपाउने तर १२ जना सांसद भएको मुख्यमन्त्री रहिरहने अवस्था भएको भन्दै एमालेभित्र पनि उनलाई हटाउन सांसदहरुको चर्को दबाव छ। उनीहरुले भट्ट नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउंदै आएका छन्।

यसअघि पनि एमालेका मुख्य सचेतक तारा लामा तामाङको नेतृत्वमा उनिविरुद्ध बहुमत सांसदले हस्ताक्षर जुटाएपनि पार्टी नेतृत्वको निर्देशनमा त्यसलाई अघि बढाइएको थिएन।सर्वोच्च अदालतको फैसलापछि नेकपाको अस्तित्व समाप्त भएसंगै माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किएका थिए।

नेपाल समुह र माओवादी केन्द्र एक ठाउंमा भएपछि सुदुरपश्चिममा भट्ट नेतृत्वको सरकार जोगिएको थियो। एमालेमा प्रधानमन्त्री ओली पक्षले बहुमत जुटाउन प्रयास गरेपनि अन्तिममा असफल भएको थियो।भट्टले ओली पक्षका लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पुष १४ मा बर्खास्त गरेका थिए।

त्यसपछि माओवादी केन्द्रका अर्का सांसद झपट बोहराले २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए। उनी सुदुरपश्चिमका माओवादी नेता लेखराज भट्टसंगै एमालेमा प्रवेश गरेका थिए।

प्रदेशसभामा ओली पक्षका सांसदको संख्या ६ जना र नेपाल पक्षका सांसदको संख्या १८ जना छ।हाल सभामुख रहेका अर्जुन बहादुर थापा पनि नेपाल पक्षकै हुन। यस अघि प्रधामन्त्री ओली पक्षका नेता लेखराज भट्ट र कर्णबहादुर थापाले प्रदेश सरकार परिवर्तन गर्न छलफल चलाइरहेका बेला एमालेमा दुवै पक्षबीच सहमती भएको हो।

उनीहरुले प्रदेश सभा सदस्य पठानसिंह बोहरालाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए। तर, नेपाल पक्षका सांसदहरु त्यसमा सहमत भएका थिएनन्।नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले प्रदेश सरकार अव एमालेको नेतृत्वमा बन्ने बताए।