हाम्रो देश
९ असार २०७८, बुधवार

आजदेखि काठमाडौंमा चिनियाँ खोपको दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ?

काठमाडौं : काठमाडौंमा आइतबारदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ । खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरु सहभागी हुन सक्नेछन्। यो अभियान जेठ ११ गतेसम्म चल्नेछ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाका ३३ वटै वडामा खोप लगाइँदैछ । मन्त्रालयले वडाभित्र तोकिएको स्थानमा गएर खोप लगाउन सकिनेछ। खोप लगाउन जाँदा पहिलो डोज लगाएको कार्ड अनिवार्यरुपमा लैजानुपर्नेछ। जनस्वास्थ्यका मापदण्ड पूरा पालन गर्न मन्त्रालयले अनुरोध गरेको छ। यो अभियानमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुनसक्नेछन्।

यी ठाउँमा लगाइँदै छ खोप