हाम्रो देश
१४ माघ २०७७, बुधवार

कास्की–२ को मतगणना १०ः३०बजेदेखि सुरु हुने

पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावको मतगणना (शनिबार) आज राति १०ः३० बाट सुरु हुनेको छ । केहीसमय अघि बसेको सर्वदलीय बैठकले १०ः ३०मा गतगणना सुरु गर्ने निर्णय गरेको हो ।

कास्की –२ मा जम्मा ४५ हजार ५ सय ६३ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्की अनुसार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चलेको मतदानमा कास्की २ बाट ६३ दशमलव ४० प्रतिशत मतदाताले भाग लिएका थिए । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा छ ।

मतदान सुरु भएपछि ४ ठाउँमा बम बिस्फोट भएको थियो भने ३ ठाउँमा विवाद पनि भएको थियो । सत्तारुढ नेकपा र प्रमुख पतिपक्षबिच पोखरा १७ अर्मलामा धाँधली गरेको भन्दै विवाद उत्पन्न भएको भने पोखरा ३३ भरतपोखरीमा मतदानअधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटीएपछि विवाद उत्पन्न भएको थियो । निर्वाचन कार्यालयले शान्तिपूर्ण ढंगबाट निर्वाृचन भएको बताए पनि बम बिस्फोटपछि मतदानस्थलमा मतदाता घटेका थिए ।

प्रतिकृया दिनुहोस्