हाम्रो देश
१२ असार २०७९, आइतवार

कोरोनाबाट वडा अध्यक्ष र सदस्यको मृत्यु

दाङ : दाङको दंगीशरण गाउँपालिका ३ का वडा अध्यक्षको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कोहलपुर मेडिकल कलेजमा उपचार गराइ रहेका वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार मृत्यु भएको हो ।

दंगीशरण गाउँपालिका ३ चखौरा घर भएका ६३ वर्षीय चौधरी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेर अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय स्तरमा लोकप्रीय रहेका चौधरी बेस नेपालका केन्द्रीय सदस्य समेत हुन् । यसैगरी तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्यको पनि कोरोनाका आइतबार राति मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका वडा सदस्य केशरलाल चौधरीको मृत्यु भएको हो ।