हाम्रो देश
११ असार २०७९, शनिवार

अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुँदा कुर्दिस्तानमा नेपाली महिलाको निधन

इराक। विगत सात वर्षदेखि इराक कुर्दिस्तानमा काम गर्दै आएकी एक नेपाली महिलाको निधन भएको छ। सिन्धुपाल्चोक सिम्पलकाभ्रे–९ मानेडाँडाकी चिनीमाया तामाङको सुलेमानीस्थित तवाली अस्पतालमा मृत्यु भएको हो। चिनीमायाले केही अगाडि मात्रै कोरोना संक्रमणलाई जितेकी थिइन्।

तर पछि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सुलेमानीस्थित तवाडी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मुटुका भल्व बन्द भएको, किड्नीमा स्टोर फोक्सोमा पानी जमेको रिपोर्ट आएको थियो।

डाक्टरले उनलाई नेपाल लैजान सुझाव दिएपनि नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समयमै नेपाल लैजान नसकेपछि उनको सुलेमानीमै शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेपछि उनको खुट्ट फुल्लिनुका साथै अन्य शारीरिक समस्या पनि देखिएका थिए। शल्यक्रिया गरेको छैटौं दिन उनको सोमबार विहान निधन भएको हो। अहिले उनका परिवारसँग शव व्यवस्थापनका विषयमा छलफल भइहरेको छ।