हाम्रो देश
९ असार २०७८, बुधवार

सांसद गंगा चौधरीले लमही र सिसहनिया अस्पतालमा पठाइन स्वास्थ्य सामग्री।

काठमाडौं := प्रतितिधि सभाकी समानुपातिक सांसद गंगा चौधरीले देउखुरीस्थित दुई वटा अस्पतालका लागि बिरामी को उपचारमा सहज होस भनि स्वास्थ्य सामग्रीहरू पठाएकी छिन् । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू पठाएकी हुन् ।

स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको र सोही सामाग्री हरु अस्पतालमा पठाइएको चौधरीले बताएकी छिन् ।

ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिनेछ । सांसद चौधरीले सरकारसँग माग गरेर उपलब्ध भएको स्वास्थ्य सामग्री पठाएको बताएकी छिन्