हाम्रो देश
९ असार २०७८, बुधवार

दाङको दंगिशरण-३ का वडाध्यक्ष चौधरीको कोरोनाबाट मृत्यु

दाङको दंगिशरण गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार निधन भएको छ।

उनको उपचारका क्रममा सोमबार मध्यान्ह १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोलक पर्सन तेज वलीले जानकारी दिए।

६३ वर्षीय वडाध्यक्ष चौधरीलाई वैशाख २५ गते पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

वडाध्यक्ष चौधरी वैशाख २७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए।

गत स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षमा निर्वाचित भएका थिए।

चौधरी नेपाल मटवा महासंघको केन्द्रीय सदस्य पनि हुन्। मटेवा थारु जातिको कला संस्कृति जगेर्ना गर्न ठूलो भूमिका निर्वाह गर्दै आएको संस्था हो।

तुलसीपुर १३ का वडा सदस्यको निधन

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशरलाल चौधरीको पनि निधन भएको छ।

वडाको टिकुली गाउँ निवासी ४४ वर्षीय चौधरीको कमलपित्तका कारण आइतबार राति ११ बजेतिर मृत्यु भएको कार्यवाहक वडाध्यक्ष विनोद पाण्डेले बताए।