हाम्रो देश
१३ असार २०७९, सोमवार

देश गम्भीर संकटमा : डा बाबुराम भट्टराई

जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको बताएका हुन् ।

‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ न बैकल्पिक सरकार बन्न!’, डा भट्टराईले भनेका छन्, ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’