हाम्रो देश
११ असार २०७९, शनिवार

महेश बस्नेतलाई स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई स्वास्थ्य मन्त्री बनाउन युवाहरुले प्रस्ताव गरेका छन् । खासगरी युवा संघमा आवद्ध केन्द्रीय सदस्यहरु, युवा विद्यार्थीहरुले कोभिड १९ विषम परिस्थितिसँग लड्न र मुलुकको स्वास्थ्य प्रणालीलाई बलियो बनाउनका लागि महेश बस्नेत उपयुक्ते पात्र भएको तर्क गरेका छन् । उनीहरुले नेता बस्नेतको क्षमता आंकलन गर्ने बेला आएको पनि उल्लेख गरेका छन् ।

युवा संघका केन्द्रीय सदस्य समुन्द्र तिमिल्सिनाले भनेका छन् :

सानो मुख ठुलो स्वर पक्कै नभन्नु होला तर आज बाट बिस्तारित हुने नयाँ मन्त्रिपरिषदमा सम्माननीय प्रधानमन्त्री ज्युले आँट गरेर आफ्नालाई भन्दा राम्रालाई पार्टीमा सल्लाह गरेर समेट्नु पर्दछ।

यो दर्दानाक अवस्थासँग लड्नका निम्ति उल्लेखीय परिणाम दिंदै कोरानाको निकाशा दिनसक्ने नेताहरुलाई मन्त्रि बनाएर लैजानु पर्दछ। मेरो ठुलो आश यो पटकको स्वास्थ्य मन्त्रिको जिम्मेवार युवा नेता महेश बस्नेतलाई सुम्पिनु पर्दछ। यो बिसम परिस्थितिमा इतिहासले निर्मम समिक्षा गर्ने गरेर बिन्ति प्रधानमन्त्री ज्यु महेश बस्नेतको क्षमता आंकलन गर्नै भए पनि उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुहोस्।