हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

कोरोना संक्रमणबाट एक साताभित्र बाबु-छोराको मृत्यु

झापा – कोरोना भाइरसको संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि बुवाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु भएको छ। झापाको भद्रपुर नगरपालिका वार्ड नम्बर ४ का ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको मंगलबार बिहान ४ बजे मृत्यु भएकाे हो। गत वैशाख २८ गते उनका छोरा ४८ वर्षीय अनुप राजवंशीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

बुवा सुरेनचन्द्र राजवंशीको होम आइसोलेसनमै मृत्यु भएको उनका नातेदार पुकार राजवंशीले जानकारी दिए। उनलाई शुक्रबार मेची अञ्चल अस्पतालमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनका छोरा अनुपको मेची अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो।

एक साता होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो। राजवंशी परिवारका अन्य सदस्यलाई पनि कोरोना पुष्टि भएपछि उनीहरू अहिले होम आइसोलेसनमा बसेका पुकार राजवंशीले जानकारी दिए।