हाम्रो देश
१७ असार २०७९, शुक्रवार

नागढुंगा सुरुङमार्गमा आधा कामदारले छा’डे सा’इट, म्यानेजरसहित ३३ कामदारमा को’रोना !

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा को-भि’ड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा को’रोना संक्रमण पुष्टि भएको छ ।

को-भि’ड-१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा को-भि’ड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् ।नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले को-भि’ड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए ।

‘आयोजनामा कार्यरत ३३ जनामा को’रोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार को-भि’ड–१९ को मनोवैज्ञानिक त्रा’सको कारण सा’इट छाडेर घर गएको बताए ।

‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे ।

‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सु’रक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’आयोजना प्रमुख शाक्यले कामदारको सु’रक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि को’रोना संक्रमण देखिएको बताए ।

‘निर्माण कम्पनीले क्याम्पभित्र को-भि’ड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थ’गित गर्ने निर्णय गरेको छ ।’आयोजनाका अनुसार को’रोना संक्रमण बढेसँगै काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्ट लगायतका काम भने प्रभावित भएको छ ।नागरिक