हाम्रो देश
१२ असार २०७९, आइतवार

नेपालमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै, ७९८९ जना निको भए

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या वृद्धि हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७९८९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, २४ घण्टामा ८१७३ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएका पिसिआर र एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा २४६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये भक्तपुरका २२८, ललितपुरका २७० र काठमाडाैंका १९८८ जना छन्।