हाम्रो देश
१२ असार २०७९, आइतवार

काठमाडौं उपत्यकामा २४ सय ८६ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ५ जेठ । आज देशभर ८ हजार १७३ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २४ सय ८६ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा १९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या हालसम्म ४ लाख ८० हजार ५ सय २७ पुगेको छ । त्यस्तै, आज ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएका छन् ।