हाम्रो देश
१२ असार २०७९, आइतवार

९१ वर्षीया उपमेयर शान्ति कार्कीले जितिन् कोरोना

काठमाडौं । वीरगंज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोरोना पराजित गरेर घर फर्किएकी छिन् । ‘महानगरले नै चलाएको कोभिड -१९ अस्पतालमा दुई साता अघि उनी भर्ना भएकी थिइन् । बुधबार कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज घर पुर्याइएको मेयर विजयकुमार सरावगीले जानकारी दिए ।

उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको बताएकी छिन् । कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या नदेखिएको र अक्सिजनको पनि आवश्यकता नपरेको मेयर सरावगीले बताए । २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन्। कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्।