हाम्रो देश
१७ असार २०७९, शुक्रवार

उनको शरीरबाट सासले साथ छो’डे पनि झोलाले साथ छाडेको थिएन !

‘राजेन्द्र मल्लिकको मान्छे को हुनुहुन्छ ?’ सोमबार दिउँसो शुक्रराज ट्र’पिकल तथा ’रो’ग अस्पताल टेकुमा श’व उ’ठाउन आएका नेपाली सेनाका ज’वानले पटकपटक सोधे । तर, मल्लिक मेरो मान्छे हो भन्ने कोही पनि भेटिएनन् ।

मल्लिक…? ओहो ! यी तिनै दाइ होइनन्, जो ३० वैशाख (बिहीबार) राति मृ’त्यु भएको । ‘हो तिनै मल्लिक दाइ हुन् । भारत उ’डिसा राज्यका रहेछन् । बल्ल पत्ता लाग्यो’, अस्पतालको प्रा’ङ्गणमा रहेका सूचना अधिकारी नवराज गौतमले भने । मल्लिक दाइको मृ’त्यु भएको रात हामी पनि टेकुमै थियौँ ।

उनको नाम प’हिचान भएको थियो तर ठेगाना पत्ता लागेको थिएन । बे’ड नभएपछि खाली कोठाको भुइँमै राखेर डा. अनुप बाँस्तोलाको टि’मले उनको उपचार गरेको थियो । मल्लिकलाई डा. अनुपले अ’न्तिम समयसम्म पनि छोडेका थिएनन् । शरीर थप शि’थिल हुँदै गएपछि डा. अनुपलाई छ’टपटिँदै मल्लिकले अँगालो हा’लेका थिए ।

बेड खाली गराएर तत्कालै डा. अनुपले उनलाई आ’ईसीयूमा पुर्‍याएका थिए । भेन्टिलेटरमा राखेर अथक प्रयास गर्दा पनि डाक्टरले उनलाई ब’चाउन सकेका थिएनन् । ‘कसरी पत्ता लाग्यो त ठेगाना ?’ जि’ज्ञासासहितको प्रश्नमा सूचना अधिकारी गौतम भन्छन्, ‘उहाँको साथमा झोला र मोबाइल थियो ।

मोबाइल चा’र्ज गरेर अन गर्‍यौँ । केही समयपछि भारतबाट फोन आयो । सि’रि’यस हुनुहुन्छ भनेर जानकारी दियौँ । फेरि नेपालमै रहेका उहाँको साथीको फोन आयो । साथीको माध्यमबाट परिवारलाई खबर गरेका हौँ ।’अस्पतालले तीन दिन लगाएर उनी भा’रतीय ना’गरिक भएको पत्ता लगायो ।

‘अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई, स्वास्थ्यले परराष्ट्र, परराष्ट्रले भारतीय दूतावासमा पत्राचार गरेर परिवारको स’हमतिपछि शव उठाउन लागिएको हो’, उनले भने, ‘परिवारको सहमतिपत्र भारतीय दूतावासबाट पाएका हौँ ।’ अस्पताल, दूतावास र मल्लिकको परिवारसँग जो’डिएका थिए, भारत उडिसाकै सन्तोष कुमार मल्लिक ।

उनको पहलले नै राजेन्द्रको पहिचान भएको थियो । अस्पतालको प्रा’ङ्गणबाट राजेन्द्रको श’व उठाउनुअघि सन्तोषलाई हामीले सम्पर्क गर्‍यौँ । फोन सम्पर्कमा आएका सन्तोषले भने, ‘हाम्रो एउटै प्रदेश हो तर जिल्ला फरक पर्छ । २५–३० वर्षदेखि उहाँ सोह्रखुट्टेमा बस्दै आउनुभएको थियो ।

उहाँकी श्रीमती धेरै रूनुभयो । एउटा फोटो भए पनि पठाइदिनू भन्नुभएको छ । कहाँबाट फोटो पठाउने ? को-भि’डले अस्पताल आउने स्थिति छैन ।’यसअघि एउटै कोठामा उपचार गराइरहेका अर्का बि’रामीले मल्लिकले रिक्सा चलाउने बताएका थिए । तर, सन्तोषका अनुसार नेपाल आएदेखि नै सोह्रखुट्टेमा डेरा लिएर राजेन्द्रले प्ल’म्बिङको काम गर्दै आएका रहेछन्।

‘डेरामा के छ, त्यो हामीले देखेका छैनौँ । उहाँकी श्रीमतीलाई सम्पर्क गराइदिन्छु । थप कुरा गर्नुहोस्’, उनले नै राजेन्द्रको श्रीमतीको नम्बर हामीलाई उपलब्ध गराए । सेनाको टोलीले सबै काजगपत्र तयार पारेपछि शवबाहन टेकुको प्रा’ङ्गणमा आइपुग्यो ।भित्रबाट अस्पतालका कर्मचारीले स्ट्रे’चरमा मल्लिकको श’व ल्याए । श’व पाँच दिन हो’ल्ड भएर होला, ग’न्हा’उ’न थालिसकेको थियो ।

अनि मल्लिक दाइसँगै थियो, रातो झोला र मोबाइल । उनको शरीरबाट सा’सले साथ छो’डे पनि झोलाले छा’डेको थिएन । झोला नै उनको साथी थियो । त्यही झोला र मोबाइलले उनको ज’न्मथ’लो र परिवार पत्ता लगाएको थियो । अस्पतालका कर्मचारीले श’व’बा’हनभित्रै झोला राखिदिए । ‘झोला त हामीले ला’न मिल्दैन । श’व मात्र लाने हो’, सेनाका ज’वानले भने ।

‘झोला र मोबाइल के गर्ने त ?’ ‘महत्त्वपूर्ण सा’मान होला । पशुपति ल’गेर त ज’लाउने हो । झोलाको व्यवस्थापन अस्पतालले नै गर्नू’, सेनाको जवाफपछि ब’हा’नभित्र राखिसकेको झोला पनि अस्पतालका कर्मचारीले झि’के । अनि झोलाले पनि उनको साथ छो’ड्यो ।

‘अब झोला बे’वा’रि’से हुने त होइन ?’‘एउटा पत्र लेखेर झोला र मोबाइल प्रहरीलाई दिन्छौँ’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘रो’ग’ले देश, भूगोल, जात, धर्म भन्दैन । हामीले मल्लिकलाई ब’चाउन को’सिस गरेका हौँ, सकेनौँ । अब ध’र्मसंस्कारअनुसार अ’न्त्ये’ष्टि गरिदिन्छौँ ।’ उनको श’व लिएर सेनाको श’व’बा’ह’न पशुपतितर्फ लाग्यो ।

उनका म’ला’मी तिनै नेपाली सेना बने । म’जदु’री गर्न नेपाल आएका मल्लिक आफ्नो देशमा फ’र्किन पाएनन् । सायद एक दिन उनको घरमा चिनो त्यही झोला पुग्नेछ । कैयौँ नेपाली युवा पनि अरुको देशमा र’गत र पसिना ब’गाउन ’वि’व’श छन् ।कतै नेपाली युवाको पनि यस्तै हा’लत भएको त छैन ? जुन देशको ना’गरिक भए पनि आखिर म’जदुरको पी’डा त उस्तै हो नि ।

मल्लिक दाइ त बि’ते’र गए तर उनको घरमा के भयो होला ?भोलिपल्ट (मंगलबार) बिहान राजेन्द्रकी श्रीमती चन्द्रिका मल्लिक फोन सम्पर्कमा आएकी थिइन् । ‘आइतबारसम्म कुरा भएको थियो । अक्सिजन दिएको छ । उपचार गर्दै छु भन्नुभएको थियो । त्यसपछि बारम्बार फोन गर्दा अफ भन्यो’, उनी भन्छिन्, ‘बि’त्नु’भएको खबर एक्कासि शुक्रबार आयो ।

श्रीमान्‌को मुख पनि हेर्न पाइएन ।’राजेन्द्र ३० वर्षअघि कामका लागि नेपाल आएका रहेछन् । ‘छोराछोरीलाई पढाउने सपना बोकेर पैसाको जो’हो गर्न कामका लागि नेपाल आउनुभएको हो’, नेपालीमै बोलेकी चन्द्रिका भन्छिन्, ‘छोरा इन्जिनियरिङ र छोरी बीएमा पढ्दै छन् । अब मैले कसरी पढाउने ?’

त्यसो त उनी पनि अघिल्लो वर्ष घर गएकी रहिछिन् । ‘पोहोर को’रो’ना आएपछि दुवै जना घर आएका थियौँ । १० महिना बसेर श्रीमान् कामका लागि फेरि नेपाल जानुभयो । म छोराछोरीसँग यतै बसेँ । बि’रा’मी हुँदा हे’रचाह गर्न सकिनँ’, उनले भनिन्, ‘महिनाको १०-५० हजार पठाउनुहुन्थ्यो । अब हामी कसरी बाँ’च्ने ?’

श्रीमान्‌को भ’रोसामा उनी पनि नेपाल आउने गरेकी थिइन् । भन्छिन्, ‘अब नेपाल आउने बाटो पनि ब’न्द भयो । एउटा रातो झोला थियो । कोठा र झोलामा के-के छ थाहा छैन । कामको पैसा पनि लिनु थियो होला । अ’न्तिममा श्रीमान्‌लाई देख्न पनि पाइएन । एउटा फोटो भए प’ठाइदिनू ल ।’शिला पत्र बाट