हाम्रो देश
१३ असार २०७९, सोमवार

स्पेनले दिएको १४ करोडको स्वास्थ्य सामग्री लिएर राजदुत शेर्पा नेपाल प्रस्थान

स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाली राजदुताबासको पहलमा स्पेन सरकारले नेपाललाई १४ करोडको स्वास्थ्य सामग्री एक चार्टर विमान सहित राजदुत दावा फुटी शेर्पा नेपाल प्रस्थान गरेकी छिन् ।

बिहीबार चार्टर्ड विमानमार्फत भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पुग्ने दुताबासले जनाईएको छ । नेपाली दुताबासको पहलमा लुम्बिनी फाउण्डेशनको अनुरोधमा एकस्त्रेमादुरा प्रदेश सरकारले पनि केन्द्रिय सरकारलाई पहल गरेको एनआरएनए निवर्तमान युरोप उप-संयोजक तथा फाउण्डेशनका महासचिव एकराज गिरीले नेपाल समाचारपत्रलाई बताए।

यसैगरी बुधबार नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन कुराकानीमा स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयलाई सहयोगका लागि धन्यवाद समेत ब्यक्त गरेका थिए ।टेलिफोन कुराकानीमा दुई देशको समग्र सम्बन्ध र सहकार्यको विषयमा थप कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी गैरआवशिय नेपाली संघ स्पेनले समेत उक्त चार्टर्ड विमानमा आफ्नो देशका नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै पन्जा,सेनिटाईजर,मास्क लगायत सामाग्रीहरु समेत सहयोग गर्न पाएकोमा खुशि ब्यक्त गर्दै सम्पुर्ण सहयोगी स्पेनबासीलाई संघका उपाध्यक्ष उत्तरकुमार राईले धन्यवाद समेत ब्यक्त गरेका छन् ।