हाम्रो देश
९ माघ २०७७, शुक्रवार

इतिहास रच्याे तर अर्काे इतिहास रच्नबाट चुक्याे नेपाली महिला भलिबल टाेली !

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टिम फाइनलमा भारतसँग ३-२ ले पराजित भएकाे छ ।

पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलाे पटक स्वर्ण जित्ने अवसर गुमाएकाे हाे ।

त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा पहिलो सेट नेपालले गुमाएको थियो । पहिलो सेट भारतले २५–१७ जितेको थियो । दोस्रो सेट भने नेपालले २५–२३ ले जितेको थियो । त्यस्तै तेस्रो सेट पनि नेपालले २५–२१ ले जितेको थियो । चाैथाे सेट भारतले २५-२० ले जित्याे भने पाँचाैँ अर्थात निर्णायक सेट पनि भारतले १५-६ ले आफ्नाे पक्षमा पार्‍याे ।

नेपालले रजत पदकमै चित्त बुझाउनु परे पनि महिला भलिबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पारेको हो । यसअघि सागमा नेपाली महिला भलिबल टोलीले कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न सकेको थिएन ।

नेपालले सेमिफाइनलमा श्रीलंकाली टिमलाई ३–०को सोझो सेटमा हराएको थियो ।

अहिलेसम्म भारतलाई नजितेको नेपालले एकै पटक भारतलाई हराएर स्वर्ण पदक जित्दै अर्को इतिहास रच्न भने चुकेकाे छ ।

प्रतिकृया दिनुहोस्