हाम्रो देश
१२ असार २०७९, आइतवार

भारतीय नागरिकहरु खोप लगाउनकै लागि पर्यटक बनेर रुस पुग्न थाले

एजेन्सी ।    विश्वभर नै कोरोनाविरुद्धको खोप आवश्यक भइरहेको अवस्थामा छिमेकी राष्ट्र भारतका केही नागरिकहरु खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न जान थालेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोनाविरुद्धको ‘स्पुतनिक–भी’ खोप लगाउन पाइने भएपछि भारतीय नागरिकहरु रूस जान थालेका हुन् । उनीहरुलाई ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर रुस पु¥याउँदै आएको छ ।

भारतको नयाँदिल्लीस्थित एक ट्राभल एजेन्सीले १ लाख ३० हजार भारतीय रुपैयाँमा २४ दिन रूस भ्रमणको प्याकेज ल्याएको छ, जहाँ रूसी भ्याक्सिन ‘स्पुतनिक–भी’को दुई डोज लगाउने र बाँकी दिनमा केही ठाउँको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सोही प्याकेजमार्फत् मे १५ मा ३० जनाको टोली रूस गइसकेको एजेन्सीले जनाएको छ । उक्त टोलीमा अधिकांश डाक्टरहरू रहेका बताइएको छ । साथै, सो टोलीले खोपको पहिलो डोज पनि लगाइसकेका एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउनुपर्ने भएकाले २४ दिनको प्याकेज बनाइएको हो ।

उक्त प्याकेजमा गएकाहरू ३ दिन सेन्टपिटर्सबर्गमा र बाँकी दिन मस्कोमा बस्ने बताइएको छ । त्यस्तै, एजेन्सीका अनुसार अर्को टोली मे २९ मा रूस प्रस्थान गर्नेछ ।