हाम्रो देश
१८ असार २०७९, शनिवार

आफुलाई जित्ने खिमलाललाई बादलको बधाई

काठमाडौं –    नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफुलाई राष्ट्रिय सभा उपनिर्वाचनमा जितेका उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन् ।

बिहिबार सामाजिक सञ्जालमार्फत बादलले उपनिर्वाचनमा मतदान गर्ने बागमती प्रदेश सभाका सबै सदस्यहरुलाई धन्यवाद दिएका छन् । उनले आफुलाई पराजित गर्ने विजयी स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई पनि बधाई दिएका छन् ।

उनले भनेका छन् – “आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।”

बिहीबार बागमती प्रदेश अन्तर्गत भएको राष्ट्रिय सभा सदस्यको एक सिटका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा। देवकोटा विजयी भएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका डा। देवकोटाले ५०८८ मतभार पाएर बादललाई हराएका हुन् । देवकोटा निर्वाचित हुन निर्णायक मानिएको एमालेकै माधवकुमार नेपाल समूहको मत पाएका थिए ।