हाम्रो देश
११ माघ २०७७, आइतवार

अमेरिका र तालिबानबीच कतारमा शान्ति वार्ता

दोहा : लामो समयदेखि अवरुद्ध अमेरिका–तालिबान वार्तालाई निरन्तरता दिइएको छ ।

कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको ‘द सन’ले उल्लेख गरेको छ ।

गत साता मात्रै ट्रम्प अफगानिस्तान भ्रमणमा जाँदा तालिबान सम्झौताका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । वासिङ्टनको स्रोतको प्रयोग गर्दै द सनले लेखेको समाचार अनुसार दोहामा शनिबार अमेरिकाले वार्ताको आयोजना गरेको हो ।

तीन महिनाअघि मात्रै अमेरिका र तालिबानबीच वार्ता अवरुद्ध भएको थियो । वार्ता प्रक्रिया चलिरहँदा तालिबानले गत सेप्टेम्बरमा श्रृंखलावद्ध हमला गरेपछि अमेरिकी तर्फबाट वार्ता रोकिएको थियो ।

शनिबार दोहामा हुने वार्ता अफगानिस्तानमा तालिबानले हिंसा अन्त्य गर्नुपर्ने तथा युद्धविराम गर्नुपर्ने विषयमा केन्द्रित हुने बताइएको छ । गत सेप्टेम्बरमा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानले युद्धविराम गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको थियो ।

आजको वार्ता काबुलमा हुने भनिएको थियो । तर दोहामा शान्ति वार्ताको आयोजना यही शनिबार भएको हो । जसले अफगानिस्तानमा १८ वर्ष लामो तालिबानी युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्