हाम्रो देश
१४ माघ २०७७, बुधवार

अपहरित गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार

६ पुस, काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिका-१, छातीको जंगलबाट अध्यक्ष धीरबहादुर शाहीको उद्दार गरिएको छ ।

उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ जंगलमा छाडेका हुन् ।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको अनलाइनखबरलाई बताए ।

यद्यपि, घटनामा कसैलाई पक्राउ गरिए/नगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए ।

केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी राखेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो ।

प्रतिकृया दिनुहोस्