हाम्रो देश
९ असार २०७८, बुधवार

बारपाकमा १३० जना कोरोना संक्रमित थपिए

गोरखा : बारपाकमा एकसय ३० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार, शनिबार र आइतबार संकलन गरिएको स्वाब नमूना परीक्षण गर्दा एकसय ३० जनामा कोरोना पोजेटिभ देखिएको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए ।

गण्डकी प्रदेशका मन्त्री, सांसद, स्वास्थ्य निर्देशकसहित गएको स्वास्थ्य टोलीले तीनसय ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देनालय पोखरामा पठाएको थियो।सो तीनदिने शिविरमा आठसय ३६ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८३ जनाको मात्र पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।