हाम्रो देश
९ असार २०७८, बुधवार

मन्त्री हुँदा ६ गाडी प्रयोग गर्ने सोनल, बर्खास्तीसँगै मोटरसाइकल चढेर क्वाटर छोडे

प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले बर्खास्त गरेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल मोटरसाइकलाम चढेर क्वाटर छाडेका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै मन्त्री सोनल झोला लिएर मोटरासइकलमा चढेर बाहिरिएका हुन्।

उनले प्रयोग गर्ने सवारीसधान सरकारलाई जिम्मा लागाएका छन्। राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए। उनले प्रदेश २–०२–००१ झ ००७४ नम्बरको हेक्सा जीप, ज १ झ ४३५ नम्बरको स्टर्म सफारी, को १ झ ४ सय ९९ नम्बरको महेन्द्र जीप, ज १ ब ७९५, ज १ ब ८०१ नम्बरको दुईवटा टिभीएस मोटरसाइकल र ज ११ प ३३४८ नम्बरको यमहा कम्पनीको मोटरसाईकल उनले प्रयोग गर्ने गरेका थिए।

उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरोप लगाएका थिए।