हाम्रो देश
९ असार २०७८, बुधवार

विश्वभर ८७ हजार कोरोना संक्रमितको गम्भीर अवस्थामा उपचार हुँदै

एजेन्सी, २४ जेठ । विश्व अहिले कोरोना भाइरसले आक्रान्त बनेको छ । विश्वका धेरै देश कोभिड–१९ सँग जुझिरहेको छ । विश्वभर १७ करोड ४० लाख ५४ हजार ९७३ जना संक्रमित रहेका छन् । त्यस्तै, हालसम्म संक्रमणबाट ३७ लाख ४४ हजार १६५ जनाको मृत्यु भएको छ भने विश्वभर १५ करोड ७० लाख ७६ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् । यसैगरी, संक्रिय संक्रमितको संख्या विश्वभर १ करोड २९ लाख ६९ हजार ६०९ रहेको छ । ८७ हजार १३१ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको वल्डवमिटरले जनाएको छ ।

अमेरिकामा हालसम्म ३ करोड ४२ लाख १० हजार ७८२ कोरोना संक्रमित भएका छन् भने ६ लाख १२ हजार ३६६ जनाको संक्रमणबाट निधन भइसकेको छ । हालसम्म २ करोड ८१ लाख २२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी, संक्रिय संक्रमितको संख्या ५४ लाख ७५ हजार ६७९ रहेको छ । ५ हजार २८७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको अमेरिकाले जनाएको छ ।

त्यस्तै, भारतमा २ करोड ८९ लाख ९ हजार ९७५ जना हालसम्म कोरोना संक्रमित भएका छन् । ३ लाख ४९ २२९ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २ करोड ७१ लाख ५९ हजार १८० जना संक्रमणमुक्त भएको जनाएको छ ।