हाम्रो देश
९ असार २०७८, बुधवार

बाँकेको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो, १२ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने

नेपालगन्ज । बाँकेमा थप ७ दिन निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

निषेधाज्ञा लम्ब्याइएपनि बजार भने केही खुकुलो पारिएको छ । प्रशासनका अनुसार १२ बजेसम्म पसलहरु सञ्चालन पाइन्छ, तर सञ्चालकहरुले दिनभर नै पसल खोल्ने गरेको स्थानीय बताउछन् । पाँचौं पटक थप गरिएको निषेधाज्ञा जेठ ३१ गते रातिसम्म लागू हुनेछ ।

कोरोना संक्रमणको जोखिम कायमै भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । बाँकेमा गत बैशाख १३ गते रातिदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

त्यसअघि बैशाख नौ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै निषेधाज्ञा लागू गरिएको थियो । बाँकेमा निषेधाज्ञा भएपनि विहान ७ देखि १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसल सञ्चालनमा रहने प्रशासनले जानकारी दिएको छ ।