हाम्रो देश
९ असार २०७८, बुधवार

विश्वकै सबैभन्दा लामो कार, जसमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ

काठमाडौं – विश्वमा धेरै आबिष्कारहरु भइरहेका छन् । विश्वमा पत्याउनै मुश्किल गरी प्रविधिको विकाश भइरहेको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न छिटो र सजिलो गरी पुग्न सकिने साधन हो कार ।

विश्वमा यस्तो कार पनि छ, जुन कार हामिले देखेका र सुनेका पनि छैनौं । अमेरिकामा विश्वकै सबैभन्दा लामो कार रहेको छ । उक्त लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिइएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको यो कारको लम्बाई १०० मिटर रहेको छ ।

यस कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेको छ । यस कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् ।यस कारलाई सन् १९८६ मा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले डिजाइन गरेका थिए । मिनी किचन, बाथरुम, बेडरुम, हेलिप्याड लगायतको सुविधा रहेको यो कारका २६ वटा पांग्रा रहेका छन् ।

अहिले यो कारको हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको बतायएको छ । त्यस्तै सबै प्राकृतिक चिजहरु निकै सुन्दर र आकर्षक हुने गर्छन् । यस्तै विश्वमा धेरै नदीहरु मध्ये एक अनौठो नदी पनि छ । जुन नदीको रहस्य सुन्दा जोकोही अचम्म पर्छन् ।

पानीको कुनै रंग र आकार हुँदैन भन्ने हामिलाई थाँहा नै छ । कोलम्बियामा एउटा एक यस्तो नदि छ , जसले मौसम अनुसार रंग फेर्ने गर्छ । पत्यार नलाग्ला तर पानीको कुनै रंग र आकार हुँदैन । जुन रंगको भाँडामो राख्यो त्यस्तै आकार लिन्छ । पारदर्शी भाँडो राखिएको छ भने जुन रंगको भाँडो छ पानीको रंग पनि त्यस्तै देखिएला।

कानो क्रिस्टल नाम गरेको उक्त नदी मौसम अनुसार रंग फेर्ने गर्छ । यो नदिले मौसम अनुसार रातो, हरियो, नौरंगी, पहेँलो हुने गर्छ । यो नदीले मौसम अनुसार रंग फेर्ने हुनाले यसलाई ‘लिक्वीड रेन्बो’ पनि भन्ने गरिएको छ । यस नदीमा घुम्न संसारभरका मान्छे पुग्ने गर्छन् ।

प्रकृतिलाई बचाइराख्नका लागि यहाँ नियम पनि बनाइएको छ । यस क्षेत्रमा सात भन्दा बढीको ग्रुप भएर जान पाइँदैन । खासमा यो नदीले सूर्यको प्रकाश र पानीको सीमासँगै रंग फेर्न सकिन्छ ।