हाम्रो देश
९ असार २०७८, बुधवार

मानव तस्करीको मुद्दा लागेका राना वनमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आजको मन्त्रिपरिषद विस्तारमा शेरबहादुर देउवाकी पत्नी आरजु राणा (देउवा) लाई पराजित गरेका नारद मुनि राना वन तथा वातावरण मन्त्री बन्दैछन् । वनमन्त्री बन्न लागेका रानाविरुद्ध कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यस्तै, ओली सरकारले बारा ३ क मा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भई प्रदेश- २ सांसद रहेकी ज्वाला साहलाई केन्द्र सरकारमा कृषि मन्त्री बनाउने भएको छ । माओवादीकी सांसद साहलाई पर्टीले कारवाही गरेपछि उनको पद खारेज भएको छ ।