हाम्रो देश
२१ साउन २०७८, बिहिवार

घट्यो सुनको मुल्य

काठमाडौं । साताको अन्तिम दिन आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।