हाम्रो देश
२१ साउन २०७८, बिहिवार

एमालेसँगै मिलेर चुनाव लड्छु, नत्र राजनीति नै गर्दिन : दीपक मनाङे

प्रदेशको राजनीतिमा कांग्रेस र माओवादीसँग सहकार्य गरेका दीपक मनाङेले राजनीतिमा भने एमालेको साथ छाड्न नसक्ने बताएका छन । एमालेसँग मिलेर आफूले चुनाव जितेको भन्दै मनाङेले एक अनलाइन संग कुराकानी गर्दै भनेका छन – मनाङमा एमालेसँग मिलेर चुनाव लड्न पाइन भने म राजनीति नै गर्दिनँ ।

प्रदेशका कांग्रेससँग म मिले भन्दैमा मनाङका कांग्रेसहरू खुसी नभए हुन्छ । एमालेसँग मिलेर मैले लड्न सकिन भने मैले राजनीति गर्दिनँ उनले भने, म मन्त्रीको लागि बिक्दिन । मन्त्री पद केही होइन तर, मनाङमा चाहिँ म एमालेसँगै मिल्छु । त्यसो भएपछि मनाङमा म पनि जित्छु एमाले पनि जित्छ । नेताले बोलेपछि भगवानको बोली जस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन उनको भनाइ छ ।