हाम्रो देश
२१ साउन २०७८, बिहिवार

अनमोल पनि लागे समाज सेवातिर: फ्रन्टलाइन वर्करका लागि बनाए खाना

काठमाडौं : देशले करीब डेढ वर्षदेखि को’रो ना महामारी भोगिरहेको छ। जेठ अन्तिमपछि संक्रमण दर घट्दै गए पनि सर्वसाधारणमा त्रास घटेको छैन। अर्कोतिर बर्खायाम सुरु भएसँगै बाढी र पहिरोका कारण ठाउँ-ठाउँमा ठूलो जनधनको क्षति भएको छ ।

यो समयमा नेपाली फिल्मका धेरै कलाकारहरुले कोरोना पीडित र बाढी-पहिरो पीडितलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।तर, नेपाली फिल्मका केही ‘स्टार’ कलाकारहरु भने देशले भोगिरहेको यो विषम परिस्थितिमा मौनता साँधेर बसेका छन् ।

यसमध्ये एक हुन्, अनमोल केसी । फिल्म रिलिज हुने समयमा दर्शकलाई ‘भगवान’ को दर्जा दिने अनमोलले आज तिनै दर्शक को’रो ना र बाढी-पहिरोले सम’स्यामा पर्दा कुनै प्रकारको सहयोग नगरेको भन्दै यतिबेला उनको आलो’चना भइरहेको छ ।

यस्तैमा उनले सोमवार निर्जला एकादशीका दिन स्वास्थ्यकर्मी र फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई खाना बनाउँदै गरेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट्याएका छन् । भगवान कृष्णका भक्त रहेका अनमोल बुढानिलकण्ठस्थित राधाकृष्ण मन्दिरमा पूजाआजाका लागि पुगिरहेका हुन्छन् ।

निर्जला एकादशीका दिन त्यहाँ विशेष पूजा राखिएको थियो। त्यसमा अनमोल पनि सहभागी भए। त्यसपछि उनले बुढानिलकण्ठमा रहेको परोपकारी संस्था ‘फूड फर लाइफ नेपाल’ को भान्सामै गएर स्वास्थ्यकर्मीसँगै अन्य फ्रन्टलाइन वर्करका लागि खाना बनाएका हुन् ।