हाम्रो देश
२१ साउन २०७८, बिहिवार

जुम्लाको पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात

खलङ्गा, असार ९ गते । जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ। अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताउनुभयो ।

क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ । लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरे को हो । यहाँको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ ल्याइएकाे थियो ।

पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन् । स्थानीयवासी जीवन बहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताउनु भयो । अहिले किसानले खेतीयोग्य जमिनको उपयोग गर्न थालेका छन् । गत फागुनमै निर्यात गर्ने तयारी भएपनि को’रो ना कहरका बीच प्रक्रिया नमिलेकोले ढिलाई भएको हो। जुम्लीको उत्पादन अन्र्तराष्ट्यि बजारमा पुग्नु चानचुने बिषय होइन।

उनले भने,‘किसानले आफ्नै खेतबारीको महत्व बुझ्न जरुरी छ । आमदानीको स्रोत पनि स्थानीय उत्पादन बनाउनु पर्ने भन्दै बाँझो रहेको कृषियोग्य भुमि प्रयोग गर्न उत्साह मिलेको छ । ’राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमीको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। विश्व बजारमा जुम्ली मार्सीको माग बढेसँगै तत्काल अष्ट्रेलियाबाट माग आएको छ।