हाम्रो देश
२१ साउन २०७८, बिहिवार

प्रभु शाह प्रमुख अतिथि बनेको कार्यक्रममा हानाहान: प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं- नेकपाका नेता प्रभु शाह प्रमुख अतिथि बनेको कार्यक्रममा झडप भएको छ । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको बताइएको छ । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह प्रभु शाहकी श्रीमती हुन्। सोहि नगरको नगर सभामा हानाहान भएको हो ।

पाँचौं नगरसभा चलिरहेका बेला सुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रमुख अतिथिका रूपमा उपस्थित भएका एमालेका नेता प्रभु साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

यसअघि पनि शाहको क्षेत्रमा पटक पटक झडप हुनेगरेको थियो । साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएपछि विवाद झन् बढेको छ । रौतहटका प्रहरीका अनुसार नगर सभामा बजेट पेश गर्ने कार्यक्रम हुँदैगर्दा प्रभु शाह समूह र विपक्षी पक्षबीच हानाहान भएको थियो । प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रहरीका अनुसार चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ। भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएको छ ।