हाम्रो देश
६ कार्तिक २०७८, शनिवार

अब कहिल्यै काठमाडौं फर्किने छैनन् सुजिता…..

राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर क’मजो’र भएर टा’उकोमा फे’टा बाँ’धेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँ’सु ब’नाउँछन्। अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृ’त फे’ला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन्। छोरी सम्झिँदै छा’ती पि’ट्दै रु’न्छिन्।

‘मलाई ब’चाऊ ! मलाई ब’चाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले ब’चाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अ’परा’धीले त्यस्तो कुनामा लगेर स’किदियो।’ ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा झा’ङमा अ’ड्किएको अवस्थामा श’व फेला परेको जनाइएको छ। ‘टा’उ’को’मा कु’ ‘टेर आँखामा प’ट्टी बाँ’धे’छ। पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अ’परा’धी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अ’प’रा’धीलाई कारबाही हुनै पर्छ।’ सुजिता तरकारी लिन साथीको घरमा बोलाएको भन्दै असार ११ गते बिहान ६ बजे राप्तीकै जितपुर सिमरा हिँडेकी थिइन्। परिवारका अरू सदस्य घरमा रोपाइँ भएकाले त्यतै लागेका थिए।

सुजिताले मध्याह्न १२ बजे आफू अ’प’ह’र’णमा परेको भन्दै साइली दिदी कवितालाई फोन गरेकी थिइन्। कवितालाई उद्धृत गर्दै अम्बिकाले छोरीले आफूलाई दुई जना पुरुष र दुई जना महिला भएर यस्तो गरेको भनेर फोन गरेको सुनाइन्। साथीको घर नपुग्दै परेपछि सुजिताको घटना भएको आ’शंका परिवार र आफन्तको छ। प्रहरीका अनुसार घटनास्थलनजिक वि’षा’दीको ब’ट्टा र घरबाट लगेको झोला श’व भेटिएको स्थानमा फेला परेको छ। प्रहरीले सोमबार बिहान मात्र शवको मु’चुल्का उठाएको थियो।

बे’पत्ता भएलगत्तै परिवार, आफन्त र छरछिमेकीले निरन्तर खोजी गरेका थिए। एक्कासि सुजिताको मृत्युको खबरले परिवार मात्रै होइन, गाउँ नै शो’कमा डु’बेको छ। घटनाले गर्दा छिमेकमा कसैको निद्रा परेको छैन। ‘त्यो सोझी नानी, अरूले बोलाए बोल्ने, नराम्रो केही थिएन। सबैसंग मिठो बोली ब्यवहार गर्थिन्’, स्थानीय यतिन्द्र चौलागार्इंले भने, ‘उनी हराएको दिनदेखि गाउँ अँध्यारो भएको हो आजसम्म भएको छ।’ ५७ वर्षीय यज्ञप्रसाद भण्डारी र उनकी श्रीमती अम्बिकाको परिवारको आर्थिक अवस्था कमजोर छ।

उनीहरू २०५४ सालमा दोलखाको चरिकोटस्थित लामीलाङबाट चितवनमा बसाइँ आएका थिए। चार छोरी र एक छोरामध्ये दुई छोरीको विवाह भइसक्यो। काठमाडौंमा स्नातकोत्तर तह पढ्ने र जागिर गर्ने योजनासहित माइली दिदी गीता वाग्लेकहाँ गएकी सुजिता निषेधाज्ञाअघि घर आएकी थिइन्।

उन पढाइमा अब्बल थिइन्। घरको आर्थिक अवस्था कमजोर भए पनि पढाइ राम्रो भएकाले उनले छात्रवृत्तिमा पढेकी हुन्। उनी कक्षामा सधैं दोस्रो हुने गरेको आमा अम्बिकाले सुनाइन्। ‘पढाइका लागी खर्च गर्नुपरेन। आफैं मिहिनेत गरेर पढेकी हो’, उनले भनिन्। सुजिताले घरमा आफ्नो खुट्टामा उभिएर मात्रै विवाह गर्ने बताएकी थिइन्। गाउँलेले पनि सुजिता अनुशासित र लगनशील भएको बताए। अन्नपूर्ण पोष्टमा अनिल ढकालले यो समाचार लेखेका छन् । घटनामा अघि आमा संग गरिएको कुराकानी हेर्नुहोस भिडियोमा