हाम्रो देश
२१ साउन २०७८, बिहिवार

भोली सार्वजनिक विदा

साउन १ गते (भोली) कर्णाली प्रदेशमा सार्वजनिक विदा दिइने भएको छ । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार साउन १ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक विदा सम्बन्धी एक सूचना समेत जारी गरिसकेको छ ।