हाम्रो देश
२१ साउन २०७८, बिहिवार

काठमाडौं उपत्यकामा थप ५४१ मा संक्रमण

काठमाडौं उपत्यकामा थप ५४१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो। अहिले काठमाडौं उपत्यकामा ७६१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४४३, भक्तपुरमा १०४५ र ललितपुरमा ११३१ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५ जना संक्रमणमुक्त भएका छन्। यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ।