हाम्रो देश
२१ साउन २०७८, बिहिवार

आजबाट ३२ बर्षमा लागे चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्री

काठमाडौँ । चर्चित हाँस्य कलाकार, लेखक, निर्देशक कुमार कट्टेल जिग्रीको आज जन्मदिन परेको छ । विसं २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेल आजदेखी ३२ बर्षमा लाग्दैछन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकानाको ओइरो लागेको छ ।

बहुचर्चित हाँस्य शृखला मेरी बास्सैबाट हास्य क्षेत्रमा आएका जिग्री सिस्नो पानी झ्याम्मै, भद्रगोल हुँदै सक्किगोनीसम्म आइपुग्दा कैयौँ दर्शकको मन जित्दै स्थापित कलाकारको पचिय बनाउन सफल छन् । जन्मदिनको अवसरमा जिग्रीलाई उनका दाई समेत रहेका कलाकार समाजसेवी सिताराम कट्टेल धुर्मुसले सफा मनको कलाकार भन्दै शुभकामना दिएका छन् ।

धुर्मुसले भनेका छन् सफा मन , सोच , बिचार , सिर्जना अनि सामाजिक भावना सङ्गै केही गर्नु पर्छ भन्ने अठोट बोकेको एक युवा , कलाकार र लेखकर निर्देशक मेरो प्यारो भाइ कुमार लाई जन्म दिनको शुभकामना साथै आज रिलिज हुने गित मन्जुरी को पनि अग्रिम बधाई अनि शुभकामना ।