हाम्रो देश
२१ साउन २०७८, बिहिवार

भारतमा घट्याे संक्रमण, २४ घण्टामा ३७४ जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ३० हजार ९३ जना नयाँ काेराेना संक्रमित थपिएका छन्। याे अवधिमा ४५ हजार २ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने ३७४ जनाकाे मृत्यु भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।

अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या ३ कराेड ११ लाख ७४ हजार ३२२ पुगेकाे छ। ती मध्ये ३ कराेड ३ लाख ५३ हजार ७१० जना संक्रमणमुक्त भएका छन् भने ४ लाख १४ हजार ४ सय ८२ जनाकाे मृत्यु भएकाे सरकारी तथ्यांक छ।

अहिले भारतमा ४ लाख ६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। भारतले आफ्ना ४१ कराेड १८ लाख ४६ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।