हाम्रो देश
२१ साउन २०७८, बिहिवार

विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेकि युवतीले नेपालमा रहेकी आमालाई लगाइन दोष

श्रावण २०७८, अष्ट्रेलिया : विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेकी एक युवतीले अध्यागमन प्रहरीले केरकार गरेपछि नेपालमा रहेकी बूढी आमालाई बेफ्वाँकमा दोष लगाएकी छन् ।
श्रीमानसहित अस्ट्रेलियाको ब्रिसबेन उत्रिएका उनको लगेज परीक्षणमा अष्ट्रेलियामा लैजान प्रतिबन्धित बीउहरु र सुकेका सागहरु (गुन्द्रुक) भेटिएपछि उम्किनको लागि आमालाई दोष लगाएको देखिन्छ ।विमानस्थल बायो सेक्युरिटीले उक्त दम्पत्तिलाई लगेजमा लगिएका धेरै किसिमका तरकारी र फलफूलको बीऊको थुप्रै प्याकेट फेला पारेपछि अष्ट्रेलियाको अध्यागमन नियमानुसार उक्त कार्य दण्डनीय हुने बताइएको छ ।

उच्चशिक्षा अध्ययनको लागि विदेश जानेले होश नपुर्याउँदा एकातिर जोखिम,अर्कोतिर मुलुकको बेइज्जत हुने खतरा उक्त घटनाले देखाएको छ । नेपालमा रहेकी निर्दोष आमालाई देखाएर विदेशी कानुनको अघिल्तिर उम्किन नसकिनेतर्फ पनि उनीहरूले ध्यान पुर्याएको देखिँदैन ।

विश्वका कुनै पनि मुलुकमा जानुअघि लैजान पाइने र नपाइने वस्तुको सूचीबारे सम्बन्धित मुलुकको अध्यागमन कार्यालयको वेवसाइटमा स्पष्टसँग लेखिएको हुन्छ । पढेलेखेका नयाँ पुस्ताले नै यस्तो हर्कत देखाएपछि अरुलाई के भन्ने ? अनि अरुले के सिक्ने ? -जनआस्था बाट