हाम्रो देश
२१ साउन २०७८, बिहिवार

म किसान श्रेष्ठसँग सति जान सक्दिनँ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले केपी ओलीको खेमा छोडेर माधव नेपालतिर लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बताउनुभएकाे छ । केही मिडियाले किसान श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली पक्ष छाडेकाले अब महेश बस्नेतले पनि उक्त पक्ष छाड्न लागेको भनेर समाचार सम्प्रेषण गरेकोप्रति संकेत गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएकाे हाे ।

३ साउनमा शेरबहादुर देउवाले संसदमा विश्वासका मत लिँदा ओली खेमाका सांसद श्रेष्ठसँगै ८ जनाले फ्लोर क्रस गरेर देउवालाई मत दिएका थिए । श्रेष्ठका घनिष्ट मित्र बस्नेतले भने श्रेष्ठले खेमा परिवर्तन गर्दैमा आफू त्यता नलाग्ने बताउनुभएकाे हाे ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ– ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिककालको श्रीमान–श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन’, उनले ट्वीटरमा लेखेका छन्, ‘केही मिडिया किन रमाएका हुन् ?’

उहाँले माओवादी छाडेर एमाले आएका नेता प्रभु साहसँग आफ्नो सम्बन्ध नराम्रो नभएको बाताउनुभएको छ । उहाँले ‘आइटी आर्मी’ र ‘साइबार सेना’ दुवै मिलेर काम पनि बताउनुभएको छ ‘क. प्रभु शाहसँग्को मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइटी आर्मी गठनमा मेरो असहमति होस् । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन्’, उहाँले फेसबुकमा लेख्नुभएकाे छ ।