हाम्रो देश
११ असोज २०७८, सोमवार

सुनको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य समेत गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।