हाम्रो देश
११ असोज २०७८, सोमवार

जेष्ठ नागरिक र अपांगता भएकालाई ललितपुरमा छुट्टै बस सेवा

ललितपुरमा जेष्ठ नागरिक र अपांग भएका व्यक्तिहरुका लागि छुट्टै बस सेवा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं ३ ले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि वातावरण मैत्री विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।

उक्त बस सेवाको उर्जामन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई वडासम्म आउन र वडाबाट सेवा लिएपछि घरसम्म पुर्याउन विद्युतीय गाडी सञ्चालनमा ल्याइएको वडा नम्बर ३ कार्यालयले जनाएको छ । ललितपुर महानगर वडा नम्बर ३ स्थानीय तह वा वडामध्ये यस किसिमको गाडी सञ्चालनमा ल्याउने पहिलो ‘लोकल बडी’ बनेको छ ।